अन्तत: निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

काठमाण्डौं,कार्तिक १९ ।  ‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र करणी आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई करणीको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ ।

पिडित भनिएकी राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेपछि अझै पनि आफू प्रहरी कार्यालयमा रहेको राजपुतले बताइन् । उनी आफ्नो छोरा कर णीबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डीएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन् ।

सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो । डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv