फेसबुकमा खानाको व्यवस्था बनेर उल्लेख गरेपछी माओवादी अध्यक्षलाई निर्वाचन आयोगले माग्यो बिल

काठमाण्डौं ,मंगसिर १ ।   निर्वाचन आयोगले होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाइ यही कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध निर्देशन दिएको छ । आयोगले सो पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पनि भनेको छ ।

सो पार्टीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरी उक्त दिन “बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ” भन्ने व्यहोरा उल्लेख गरिएको सामग्री आयोगमा प्राप्त भएको विषयमा आयोगले पत्र पठाएको हो ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv