भन्सार छलि सुनका गहना तस्करी गर्ने पक्राउ

काठमाडौँ, ५ बैशाख । बैदेशिक रोजगारीको शिलसिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१७ ठहिटी बस्ने ३६ बर्षीय रतनलाल श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने उदयपुर त्रियुगा नगरपालिका–१६ घर भएका २२ बर्षीया लिलाकुमारी श्रेष्ठ र सिराहा लहान नगरपालिका–१५ बस्ने २० बर्षीय इन्द्र सदे रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भंसार छली सुनका गर गहनाहरु मोटरसाइकलमा राखी लैजादै गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार कोटेश्वर चोक नजिक चेकप्वाईन्टमा राखी सवारी साधनहरु चेक गर्दा स.२प ४०२८ नम्बरको पल्सर मोटरसाइकलमा २ जनाले सुन जस्तो देखीने ५० ग्रामको ४ वटा चुरा र तत्काल मोटरसाइकलमा सवार व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको साथबाट ५० ग्रामको १ वटा चुरा गरी ५ वटाको २ सय ५० ग्राम बरामद भएको थियो ।
उनीहरुलाई प्रहरीले आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुरमा पठाएको छ ।  (श्रोत:- समाचार प्रहरी प्रधान कार्यालयको फेसबुकबाट सभार । )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv