भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त

भद्रपुर ,मङ्सिर ३ । भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय भोगेका चौधरी सजाय भुक्तान गरी शुक्रबार बिहान बजे रिहा भएका हुन् ।

उनलाई रास्टिय फोटो पत्रकार समुहका सदस्य नेत्र बिक्रम बिमलि र उनकी आमाले जेलमुक्त हुनसाथ स्वागत गरेका थिए ।आजै काठमाडौ गएका रोय चुनाव पछि झापा हुदै भारत फर्कने छ्न ।

अमेरिकी डलरको कलर फोटोकपी बोकेर हिँडेको कसुरमा चौधरीलाई एक वर्षअघि झापा प्रहरीले पक्राउ गरेको थियो ।नेपालमा ट्राभल भ्लग र प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न आएका चौधरीले सुटिङ प्रयोजनका लागि ल्याएको डलरको फोटोकपीको अनुमति नलिएका कारण पक्राउ परेका थिए । नेशनल जियोग्राफी, टाइम्स अफ इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत वर्षको मंसिर २ गते पक्राउ गरिएको थियो । त्यसलगत्तै खोटा मुद्राको मुद्दामा उनलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा पठाएको ८ महिनापछि झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले नक्कली मुद्रा बोकेको कसुरमा उनलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर गरिएको थियो । दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी डलरको फोटोकपी पेपरलाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्ने प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।

यद्यपि दुर्लभले नेपाल ल्याएको उक्त डलरको फोटोकपी बाक्लो फोटो प्रिन्टमा कलर फोटोकपी गरिएको थियो भने सबै नोटको नम्बर एउटै रहेको थियो । सामान्य मानिसले पनि नक्कली हो भनेर चिन्ने उक्त नोटलाई प्रहरीले चलन चल्तीमै ल्याउन खोजेको भन्दै प्रतिवेदन दिएर मुद्दा दर्ता गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv