अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ नक्कली प्रमाणित

काठमाण्डौं,मङ्सिर १० । एक जना अमेरिकी नागरिक किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन ? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले ।

त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन ? नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।

फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन ।  किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् ।

हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’ उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।

किटीया पवलोस्कीले आफ्नो ब्लगमा हिउँ चितुवा देखेको यसरि ब्याख्या गरेकि छिन : सुरुमा, मलाई यो चट्टान हो जस्तो लाग्यो, तर मैले खोजेको ठ्याक्कै त्यही हो।’ चितुवा पहिले नै त्यहिँ भैरहेको जस्तैगरि उनले ब्याख्या गरेकि छन् । जस्तो कि फिल्ममा जेपनि यस्सो औंला पड्काएकै भरमा समाधान हुन्छ ।

विगत तीन दशकमा यस क्षेत्रमा घुम्न आएका अधिकांश पर्वतारोहीले हिउँ चितुवाको झलकसमेत देखेका छैनन् । यस मायावी जनावरबाट मोहित वन्यजन्तु फोटोग्राफरहरूलाई चिन्ने मानिसहरूलाई यो देख्न कत्ति गाह्रो छ भनेर थाहा छ । फ्रान्सको सबैभन्दा प्रसिद्ध वन्यजन्तु फोटोग्राफर भिन्सेन्ट मुनियर भन्छन् “यी तस्बिरहरूको अकल्पनीयताले मलाई तुरुन्तै छोयो । मैले चितुवाहरू बाटो पार गरेको देखेको छु, तर तिनीहरू धेरै छिटो हिँड्छन् र तिनको फोटो छोप्न (क्याच गर्न) लगभग असम्भव हुन्छ ।

एउटा चितुवा बसेको पोज लिन धेरै असम्भव छ। तर त्यहाँको त्यो पृष्ठभूमिसँग चितुवा बसेको अनौठो छ। एउटा तस्बिरमा जुन उज्यालो छ त्यो फिट हुँदैन । त्यहाँ दुईवटा सूर्य भएजस्तो देखिन्छ । ती तस्बिरहरू यस्तो प्रकारका हुन् जुन तपाईंले प्राप्त गर्ने प्रयासमा जीवनभर पर्खिनुपर्ने हुनसक्छ। मलाई लाग्छ कि यसलाई फरक नछुट्ट्याउनु साँच्चै खराब हो। विशेष गरी, उनी लामो कथा बुनिरहेकि छन् । अझ के भने, मैले चितुवा दौडिरहेको बेला देखेको छु, जबकि चितुवाको मुखबाट निस्कने सास [द टाइम्स अफ लन्डनले छापेको बसिरहेको चितुवाको ठाडो तस्बिरमा] पूर्णतया अवास्तविक छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv