एसिया रग्बीका अध्यक्ष कायस नेपालमा

काठमाण्डौं,मङ्सिर २३ । एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी  सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् ।
दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।
एसिया रग्बीका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव एवं प्रवक्ता गोविन्द घिमिरेलगायतले अध्यक्ष धलाईलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।
सो अवसरमा अध्यक्ष धलाइले यु–१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिदै प्रतियोगिता सफल हुने विश्वास ब्यक्त गरे । उनले नेपाल एसिया रग्बीको सक्रिय संघ मध्ये एक भएको बताउदै नेपाल लुम्बिनी, सगरमाथाको देश भएको हुँदा आउदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv