पृथ्वी जयन्तीको अवसरमा पुस्तक प्रदर्शनी

काठ्माण्डौं,पुष २७ । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनीको आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मङ्गलवार पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीका अनुसार पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरू आकर्षक छुटमा उपलब्ध छन् ।

पुस २६ गते सुरु भएको पुस्तक प्रदर्शनी माघ १० गतेसम्म दिनसमा समेत जारी रहने छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv