फिल्म ‘सयकडा दश’को ट्रेलर सार्वजनिक

काठमाण्डौं १७ पौष । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावलाई फिल्ममा देखाउन खोजिएको छ ट्रेलरको मुख्य थिम रहेको देखिन्छ ।
झ्न्डै ३ मिनेट लामो ट्रेलरमा फिल्मका हिरो हिरो हिरोइन भन्दा क्यारेक्टर आर्टिष्ट राजाराम पौडेललाई ज्यादा फोकस्ड गरिएको छ ।

प्रेम गीत २ निर्देशन गरेर चर्चामा आएका निर्देशक रामशरण पाठकको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्ममा राजरामका अलवा स्टेज किङका रुपमा परिचित मनोज गजुरेल आफ्नै रियल लाईफकै क्यारेक्टरको रुपमा देखिएका छन् भने रश्मी भट्ट, अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, उसब न्यौपाने, अमित पोखरेल, रवि डंगोल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
चलचित्र माघ १८ गते देखी देशै भर प्रदर्शन हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv