बाँके जिल्लाको समग्र बिकासमा सबै माननीय एकजुट हुने प्रतिबद्धता (भिडियो सहित)

काठमाण्डौं,माघ २ । बाँके जिल्लाको समग्र बिकासमा सबै माननीय एक हुने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ । बाँके काठमाण्डौ सम्पर्क मंन्चले सोमबार काठमाण्डौको हार्दिक होटलमा आयोजना गरेको कार्यक्रममा सांसदहरुले प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।

जिल्लाको महिलाहरुका समस्या,शिक्षा,स्वास्थ्य र बिकासका बिषयमा सहभागीहरुले राखेका जिज्ञासामा माननीय धवलशम्सेर राणा,सुर्य ढकाल,दिपा शर्मा र लक्ष्मी तिवारी, साखिया प्रबिन अन्सारी ले आआफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी माननीय सुर्य ढकालले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना समयमै सम्पन्न गर्न आफ्नो तर्फ बाट सक्दो पहल गर्ने बताउनु भयो । त्यस्तै कोहलपुर चपरगौढी हुँदै सल्यान जोड्ने सडक बिस्तारमा जोड दिने बताउनु भयो ।
माननीय धवलशम्शेर राणाले नेपालगंज बिमान स्थललाई चाँडैनै भारतीय पर्यटकको केन्द्र बनाउने बताउनु भयो ।

मंन्चका अध्यक्ष लक्ष्मी ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बाँकेबाट काठमाण्डौं आई बसोसाब गर्ने बिद्यार्थी,ब्यावसायी,पत्रकार लगायतको उपस्थी रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv