क्रोयसिया जान लागेका २१ जना नेपाली यात्रुबाट ५१ हजार बढी युरो बरामद

क्रोयसिया जान लागेका २१ जना नेपाली यात्रुबाट ५१ हजार बढी युरो बरामद भएको छ। फ्लाई दुबईको उडानबाट २ माघमा दुबई हुँदै क्रोयसिया जान लागेका २१ जना नेपाली यात्रुबाट ५१ जार ३५० युरो (साढे ७२ लाख बढी) बरामद भएको हो।

यात्रुहरू जनशक्ति इन्टरनेशनल सर्भिस प्रालि बसुन्धुराबाट क्रोयसियाका लागि हिँडेका थिए। उनीहरू वर्किङ भिसामा त्यहाँ जान लागेको बताइएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियमा स्क्रिन गर्ने क्रममा उनीहरूको साथबाट दुई हजारदेखि तीन हजारसम्म युरो फेला परेको थियो। तर ती यात्रुहरूको राहदानीमा उल्लेखित परिमाणको रकमको दरपिट नदेखिएपछि अध्यागमन कर्मचारीले सोधपुछ गरेका थिए।

म्यानपावर सञ्चालकसमेत रहेका पदमबहादुर विश्‍वकर्माले रकम दिएको खुलेपछि प्रहरीले उनलाई गेटको बाहिर पट्टीबाट नियन्त्रण लिएको थियो। विश्वकर्मा १ लाख २० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका थिए। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv