भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिद्धारा दार्चुलाको मालिकार्जुन गाउँपालिकामा स्ट्रेचर वितरण

धनगढी ,माघ १२ । दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिले स्ट्रेचर पठाएको छ ।
६ थान फोल्डिङ्ग स्ट्रेचर भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिले गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामीलाई सम्पर्क गर्दै स्ट्रेचर पठाएको भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिका राज बहादुर चन्दले बताए ।

गाउँपालिका– २ न्वालपानीकी १८ वर्षीया एक किशोरीलाई गत बुधवार सुत्केरी बेथा लाग्यो । पहिलोपटक सुत्केरी हुन लागेकी किशोरीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन गाउँभरी नै स्ट्रेचर खोज्दा भेटिएन । उनले गाउँमै रहेको भगवती स्पास्थ्य चौकीमा छोरी जन्माएकी छिन ।

गाउँमा बिरामी बोक्ने स्ट्रेचर समेत छैन भन्ने शिर्षशकमा धनगढी खबरले समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पढेर गाउँपालिकालाई स्ट्रेचर भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिका चन्दले धनगढी खबरलाई बताए ।

यस अघि पनि उक्त संस्थाले सडक संजालमा न जोडिएका सुदूरपश्चिमका पहाडी जिल्लाहरुका गाँउहरुमा स्ट्रेचरहरु पठाईएको चन्दले बताए ।
भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिले अहिले समाज रुपान्त्रण लागी बिभिन्न काम गरी समाजिक सेवामा लागीरहेको छ ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv