भारतीय फोटो पत्रकारले जब क्लास लिए

काठ्माण्डौ,माघ १५ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीसंग ट्राभल फोटोग्राफी सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बिहान सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रोनियार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले फोटोग्राफीमा सिकेका भोगेका अनुभवहरू शेयर गरेका थिए।  उनले विभिन्न शहर र चार्डपर्वहरुका समयमा खिचेका करिव २०० वटा फोटोको बारेमा बताएका थिए।

त्यस्तै,एनएफपिजेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धिमुलक संस्थाका सदस्यहरुले बताए । उनीहरुले संस्थाले बेला बेलामा गरेको यस्तो कार्यक्रम गरेर सदस्यहरुलाई फाइदा पुगेको समेत बताए।

२४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv