निर्मल ज्योति विजयी

काठमाण्डौं,माघ २९ । निर्मल ज्योतिले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४–० गोलले पराजित ग¥यो । समर्पण थापाले ह्याट्रिक पूरा गरे भने सागर मगरले १ गोल गरे ।

अन्य खेलमा टाइमलाइन, मनकामना, मोनास्टिक र कौतिल्यले सफलता हात पारे । टाइमलाइनले सीबीआईएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । मनकामनाले श्रमशीलमाथि ५–० को सहज जित दर्ता ग¥यो । मनकामनाका अनिश डंगोलले ह्याट्रिक गरे भने नितेश तामाङ र सुनिल डंगोलले १–१ गोल थपे ।

मोनास्टिकले हाइल्यान्डलाई २–० गोलले पाखा लगायो । मोनास्टिकका लागि दुवै गोल ओस्नन् तामाङले गरे । कौतिल्यले अक्षरिकालाई १–० गोलले पाखा लगायो । पदमराज खड्काले निर्णायक गोल गरे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv