गीतकार घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक


काठमाण्डौं,२० पौष । गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक गरिएको छ । नयाँ बर्षको शुभारम्भ संगै उक्त एल्बम सार्बजनिक गरिएको हो । केहि बर्ष अघि सार्बजनिक र दर्शक श्रोताको मनमा बस्न सफल गायक शिब परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा गीत समाबेश गरिएको छ । केहि चलचित्रमा समेत गीत लेखि सकेका सुरेशको सार्बजनिक गीति एल्बममा आधुनिक मेलोडियस गीतहरु समाबेश छन् । एल्बममा समाबेश गीतको भिडियो पनि सार्बजनिक गरिएको छ ।

एल्बममा समाबेश गीतहरुमा संगीतकार दिपक शर्मा,निम संगीत,कुमार गुरुङ,पुरुसोत्तम न्यौपानेको संगीत रहेको छ । आधुनिक गीतहरु समाबेश एल्बमका गीतमा गायक शिब परियार,प्रमोद खरेल,स्वरुप राज आचार्य,कुमार गुरुङ,पुर्णिमा लामा,सुधा रत्न,रारा अधिकारी ढुंगेल,रेक्स गुरुङको स्वर समाबेश छ । आजभोली संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरुलाइ लुकाई राख्न भएन त्यसैले एकल एल्बम सार्बजनिक गरेको गीतकार सुरेश बताउछन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv