प्रदेश रत्न पदकद्वारा गायक वाग्ले विभूषित

दाङ्ग, फागुन ५ । लुम्विनी प्रदेश स्थापना दिवसकाे दिन लुम्विनी प्रदेश सरकारले सुशाेभन् तथा बिभिन्न पेशा र विधाकाे माध्यमबाट बिभिन्न छेत्र मा याेगदान दिनुहूने विशिष्ट ब्यक्तित्वहरुलाई बिभूषण द्वारा सम्मानित गर्दै पदक वितरण गरेकाे छ।

प्रदेश प्रमुख, मुख्य मन्त्री तथा मन्त्री एवम् सचिव ज्युहरुकाे उपस्थितीमा संचालित प्रदेश स्थापना दिवस एवम् सुशाेभन कार्यक्रम विभिन्न झाँकी तथा साँकृतिक नृत्य प्रतिस्पर्धा बाट सुरु गरिएकाे थियाे भने त्यस पश्चात पदक वितरण गरिएकाे थियाे भने लम्विनी प्रदेश राजधानी राप्ती गाउँपालिका -३ , दाङ्ग, श्रीचौरमा कार्यक्रम संचालन गरिएकाे थियाे।

प्रदेश पदकबाट सम्मान पाउनुहुने विशिष्ट ब्यक्तित्वहरु मध्ये युवा गायक तथा संगीतकार बि. पी. वाग्ले लाई प्रदेश रत्न द्वितीय पदक द्वारा बिभूषीत गरिएकाे छ। नेपाली गायन संगीतमा बिगत १ दशक देखि राष्ट्र प्रेम, प्रकृति प्रेम, मायाँ प्रेमका संवेग, शिक्षा, स्वास्थ्य सम्वन्धि सचेतनात्मक गीतमा स्वर एवम् संगीत दिएका वाग्लेलाई शिक्षा, वातावरण, देशभक्ति, पर्यटन विधाहरूमा देशभक्ति तथा जनचेतनामूलक गायन र संगीतको माध्यमबाट सामाजिक जागरणमा सहयोग पुर्याई सामाजिक रुपान्तरणमा याेगदान दिएवापत नेपाल सरकारले विभूषित गरेकाे हाे।

करिव ६ दर्जन भन्दा बढी स्वदेस,अाधुनिक, पप,लाेक पप, प्रकृति प्रेम लगाएत अन्य बिविध गीत संगीतमा स्वर एवम् संगीत दिएका राष्ट्रिय गीत संगीतमा स्थापीत गायक बि. पी. वाग्लेका – हे आमा,  मैले त कत्ति धेरै खाेजें, आज तिहारकाे रमाईलाे चार्ड, आज भाेली आउँदिनौं तिमी, सिंगल छु घर पाेखरा, रारा ओ रारा, नेटाे काट्याे जवानीले, अशान्तमा म थिएँ, संजाेगले भेटेकाे फेरी  जस्ता गीतहरु रहेका छन्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv