कुलपानी वन समुहको टोलटोलमा साधारण सभा सुरु

तिर्थराज ज्ञवाली, पत्रिङ्गा देउखुरी दाङ फागुन ११ । कुलपानी सामुदायिक वन उपभोक्ता समुह गढवा गाउँपालिका बडहराको टोलटोलमा साधारण सभा सुरु भएको छ ।
उपभोक्ताको सहजता तथा गाउँ स्तरको माग सम्बोधनमा ससरलता ल्याउनका लागि गाउँटोलमा गएर साधारण सभा गरिएको समुहका अध्यक्ष नवराज शर्माले जानकारी दिनु भएको छ ।

समुहको २९ औ साधारण सभा अन्तरगत ५ गाउँमा रहेका उपभोक्ताविच भेला सुरु गरि साधारण सभा गरिदै आईएको सचिव दिलवसी वि.क.ले जानकारी दिनु भएको छ ।

कार्यसमितिका पदाधिकारी सहितको टोल साधारण सभामा आर्थिक वर्ष २०७८।७९ को आय ब्यय, प्रगति प्रतिबेदन तथा अनुमानीत योजनाको बारेमा छलफल चलाएको समुहकी कोषाध्यक्ष पुष्पा चौधरीले जानकारी दिनु भएको छ ।

यहि फागुन १० गते बसन्तापुर, ११ गते पत्रिङ्गा र खुरुरीया, १२ गते बडहरा टोलमा साधारण सभा गरिने कार्यतालिका रहे अनुसार भेला चलिरहेको समुहका उपाध्यक्ष राकेश शर्माले बताउनु भएको छ ।

कुलपानी हरित पार्क समेत सञ्चालनमा ल्याएको कुलपानी सामुदायिक वन उपभोक्ता समुह बडहराकोे सिमसार संरक्षण, बन्यजन्तु संरक्षण, वनमा आधारीत आय आर्जनको कार्यक्रम, दिगो वन ब्यवस्थापन कार्य सफल मानीदै आएको छ । यस आर्थिक वर्षमा दाङ जिल्ला प्रथम वनको रुपमा समेत कुलपानी वन समुह रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv