पृथ्वी जयन्तीमा बिदा काट्नुको रहस्य खुल्यो (भिडियो सहित)

काठमान्डौं २१ पौष । साना साना बाइसे चौबिसे राज्यबाट सिङ्गो नेपाल निर्माणका नायक तत्कालीन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहको जन्म दिन पौष २७ मा मनाउदै आएको पृथ्वी जयन्ती देशमा गणतन्त्र स्थापना पछि सरकारले मनाउन छाड्यो । उक्त दिन दिदै आएको सार्वजनिक बिदा पनि कटौती गर्यो । विभिन्न समुहको दवाब पछि सरकारले गत वर्ष पौष २७ मा सार्वजनिक बिदा दियो तर त्यसलाई स्थायित्व प्रदान गर्न सकेन । यो विदा स्थायी नहुने संकेत गत वर्ष नै आफुले पाइसकेको ठकुरी सहयोग संजालका अध्यक्ष रेशम जङ्ग शाहले बताएका थिए । ठकुरी सहयोग संजाल यस्तो सस्था हो जस्ले बिगत केही वर्ष देखि आफ्नो तरिकाले पृथ्वी जयन्ती मनाउदै पृथ्वी जयन्ती मनाउन र सार्वजनिक बिदा दिन हरेक वर्ष सरकारलाई दवाव दिदै आएको छ ।
गत वर्ष नै बिदा काट्ने संकेत पाएका अध्यक्ष शाह यतिबेला आफ्नो पारिवारिक भेटघाटमा अमेरिकामा छन भने यो वर्ष पनि संजालले पृथ्वी जयन्ती मनाउने तथा दवाव मुलक कार्यक्रम गर्ने तयारी गर्दै छ । गत वर्ष बिदा दिएर अहिले बिदा काट्नुको कारण बारे संजालका अध्यक्ष शाह सग बुझ्दा उनले , यसमा देशका केही जनजातीको दवाव भन्दा पनि अन्तरास्ट्रिय दवाबको कारण बिदा काटिएको उनको भनाइ छ । उनका अनुसार अंग्रेज साम्राज्यवाद बिस्तार र पृथ्वीनारायण शाहको नेपाल एकीकरणको समय संयोगबस एकै समयमा परेको र अङ्रेजहरूले पहिलो पटक पृथ्वीनारायण शाहको सेना सग युद्ध हार्नु परेकोले उनीहरू पृथ्वीनारायण शाहको लोकप्रियता चाहदैनन र नजानिदो तरिकाले हाम्रा नेतृत्व तहलाई दवाव दिन्छन । त्यसै गरि पौष २७ मा बिदा दिदा इसाई धर्मावलम्बीहरूको चाडबाडमा बिदा कटौती हुन सक्ने सम्भावनाले पनि पस्चिमाहरू पौष २७ लाई बेवास्ता गर्न सरकारलाई अप्रत्यक्ष वा प्रत्यक्ष दवाव पर्ने गरेको तर कुनै पनि नेतृत्वकर्ताले यी तथ्यहरू सार्वजनिक नगर्ने शाहको बुझाइ छ । अध्यक्ष शाहका अनुसार छिमेकी मुलुक भारत समेत नेपालमा पृथ्वीनारायण शाहको लोकप्रियता चाहदैन । आफु बेलायतको उपनिवेश हुन परेको र नेपाल पृथ्वीनारायण शाहकै कारण स्वतन्त्र रहेकोले अन्तरास्ट्रिय स्तरमा भारतको भन्दा नेपालको शान उच्च रहेने हुदा भारत आफू अरूबाट शसित भएको र नेपाल स्वतन्त्र रहेको ईतिहास बिर्साउन चाहन्छ भन्ने अध्यक्ष शाहको तर्क छ ।
यसकारण पौष २७ लाई बेवास्ता गरिनुमा अन्तरास्ट्रिय दवाब रहेको र सार्वजनिक बिदा दिने गत वर्षको सरकारको निर्णय स्थायी नभएको शाहले गत वर्षको पृथ्वी जयन्तीमै बताएका थिए । हेर्नुहोस भिडियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv