पलले पाए सफाइ, आज रिहा हुँदै

काठमाडौं,फागुन १५ । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । सफाइ पाएपछि उनी आज रिहाई हुनेछन् । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले सफाइ दिएको हो । न्यायाधीशद्धय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पललाई नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो भने तनहुँ जिल्ला अदालतले निर्दोष ठहर गरेको थियो । उनी नवलपुर जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरा गएका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv