जब एमाले अध्यक्ष ओलीले ठेलामा ब्यापार गरेकी दिदिको मैकै किनेर खाए

काठमाण्डौं, फागुन २६ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले आज पार्टी कार्यालयबाट घर फर्कदै गर्दा स्कुले बालबालिकाहरु सँग रमाएर छोटो समय बिताएका छन् । बिद्यालयबाट घर फर्कदै गरेका बालबालिका  र ठेलामा  मैकै पोलेको एक ब्यापारी दिदिलाई देख्दा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन थाम्न नसकी गाडी रोकेर मकै खाएको फोटो फेसबुकमा अपलोड गरेका छन ।

बालबालिकाहरुलाई औधी मनपराउने र जनमानसमा सजिलै घुलमिल हुन चाहने ओलीको शैलिनै ब्यग्लै रहेको हेर्नेहरुले बताउने गरेका छन ।

उनले स्ट्याटसमा लेखेका छन :- “पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।” हेर्नुहोस् फोटो :-

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv