बन्धक बनाएको भनेपछि जिल्ला प्रशासनले थाल्यो बिष्णु माझीको खोजी

काठमान्डौं २१ पौष । चर्चित लोक दोहोरी गायिका बिष्णु माझीले फ्याट्टफुट्ट गीत गाईरहेकीछिन् । जति गाउँछिन् ती सबै हिट पनि रहेका छन् । हालै सालको पात टपरी हुने बोलको गीत गाएर चर्चामा आएकी बिष्णु माझीको बारेमा जान्न चाहाने दर्शक तथा श्रोताहरु भने सधै अनविज्ञ नै हुन्छन् । किनकी बिष्णु माझी कहाँ छिन् , कसरी बसेकीछिन् भन्ने कसैलाई थाहा हुँदैन ।

धेरैले उनलाई श्रीमान सुन्दरमणि अधिकारीले बन्धक बनाएको लगायतका समाचारहरु बाहिरिएपछि उनको खोजीमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले चासो देखाएका छन् ।एकातिर चर्चित गायिका त्यसमा पनि भुमिगत जस्तै जीवन बिताईरहेको सन्दर्भमा श्रीमानले नै बन्धक बनाएको भन्ने खबर बाहिरिएपछि निरौलाले यसबारेमा चासो दिएका हुन् ।

उनले बिष्णुको माइती र घरपक्षसँग बुझने काम भईरहेको र सम्बन्धित पक्षलाई पनि पत्रचार गरिसकेको बताएका छन् । बिष्णु माझी कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै राजधानी आएकी थिईन् । त्यसपछि उनी आफन्त र परिवारसंग सम्पर्कमा नरहेको बताईन्छ । त्यसपछि सुन्दरमणिसंग उनको नाम जोडिएर आएको थियो ।

उनले बिष्णु माझीलाई बन्धक बनाएर राखेको भन्ने समाचार आएपछि सुन्दरमणिले उनीसंग बिवाह गरे ।उनी सामाजिक रुपमा भने बाहिर देखिँदैनिन् भने उनको जीवन भुमिगत जस्तै छ । सुन्दरमणिले बिष्णुलाई बिवाह गर्नुअघि नै अर्केसंग बिवाह गरिसकेका थिए । उता बिष्णुको माईतीले पनि उनको भुमिगत जीवनको बारेमा बोल्न सकेका छैनन् । छोरीको मुख देख्नै नपाएको ११ बर्ष भएको उनका परिवार बताउँछन् ।

उता सुन्दरमणिका पोखरास्थित छिमेकीहरुले बिष्णु माझी र सुन्दरमणिबाट जुम्ल्याहा छोरा रहेको र चाडपर्वमा घर एकसाथ आउँने गरेको खुलासा गरेका छन् । बिष्णु माझी भुमिगत जस्तै रहे पनि उनी नेपाली लोक सांगेतिक क्षेत्रमा चर्चित अनि महंगी गायिका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv