अन्जनी क्वाटर फाइननलमा प्रवेश,सुष्माको बहादुरी प्रदर्शन

काठमाण्डौं,चैत ७ । भारतको नयाँ दिल्लीमा संचालन भैरहेको क्ष्द्यब् ध्यmभलुक ध्यचमि द्ययहष्लन ऋजबmउष्यलकजष्उ  मा नेपालको अन्जली टेलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् । नेपाल अब विश्व च्यामपियनसिप पदकको लागि एक जित मात्र टाढा छ । खेलको पहिलो राउण्ड ५ जना जज्हरुले अन्जलीलाई जिताएको थियो भने दोश्रो राउण्ड खेल मारियाको पक्षमा गएको थियो तर तेश्रो तथा अन्तीम राउण्डमा मारिया माथी हावी हुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

अब अन्जलीले मार्च २२ तारिखमा बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग प्रतिश्पर्धा गर्नेछिन् । आजै भएको अर्को खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेको थियो ।

यस अघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ्ग ४८ के.जी. तौल समुहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो हार बेहोरी प्रतियोगीजबाट बाहिर भईन । संगिता सुनार ६० के.जी. तौल समूहमा अष्टे«लियाका खेलाडीसँग ४–१ को अन्तरले हार व्यहोरेको थियो । ७० के.जी. तौल समुहको नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले हार व्यहोरेको थियो । त्यस्तै मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भनेजेलाका खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मीत दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित व्यहोरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv