मल्लिक र जीजी बीचको प्रेम सम्बन्धमा फेरि ब्रेकअप

काठमाण्डौं २२ पौष । चर्चित अन्तर्राष्ट्रिय गायक जयन मल्लिक र तथा अमेरिकी सुपर मोडल जीजी हदिदबीच एक पटक फेरि ब्रेकअप भएको छ । जयन र जीजीले सन् २०१५ देखि एकअर्कालाई डेट गरिरहेका थिए । वर्ष २०१८ को मार्च महिनामा यो जोडी छुट्टिएको थियो तर लगत्तै फेरि दुवैले सम्बन्धलाई निरन्तरता दिएका थिए । अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जयन मल्लीक र जीजी हदिदले फेरि ब्रेकअप गरेको खबर सार्वजनिक गरेका छन् ।

सुपर मोडल जीजी हदिदले जयनसँगको प्रेम सम्बन्धलाई अगाडि बढाउन धेरै प्रयास गरे पनि जयन मल्लिकको तर्फबाट यस सम्बन्धलाई अगाडि बढाउन कुनै प्रयास नभएपछि ब्रेकअप भएको समाचारमा जनाइएको छ ।

जीजी हदिदले जयनसँग समय बिताउनका लागि आफ्ना साथीभाइसँगको भेटघाटसमेत बन्द गरेकी थिइन् । उनी धेरैभन्दा धेरै समय जयनसँग बिताउन चाहन्थिन् । तर यति हुँदाहुँदै पनि उनले जयनसँगको सम्बन्ध बचाउन सकिनन् ।

जीजी हदिद र जयन मल्लिकबीचको सम्बन्ध २०१८ को नोभेम्बर महिनादेखि नै बिग्रिएको बताइएको छ । नोभेम्बरदेखि नै जीजी र जयनलाई एकअर्काको साथमा देख्न छोडिएको थियो । जीजीले जयनसँगको अन्तिम तस्बिर अक्टोबर महिनामा सेयर गरेकी थिइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv