९६ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसरमा देशभर बिविध कार्यक्रम गरी मनाइदै

काठमाण्डौं,बैशाख १३ । ९६ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसरमा देशभर बिविध कार्यक्रम गरी मनाइदै छ ।  बिक्रम सम्बत १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो ।

विरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।

यसै अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले पनि एक कार्यक्रमको आयोजना गरी मनाएको छ । फोटो पत्रकारहरुको संस्था राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको प्रमुख आथित्यमा एनएफपीजे ले फोटो पत्रकारहरुलाई सम्मान गर्नुका साथै कदर पत्र प्रदान गरेको छ । स्वतन्त्र फोटोपत्रकार उषा तितुक्क्ष (तिवारी) र सगरमाथा आरोही साहसी फोटोपत्रकार पुर्णिमा श्रेष्ठलाई संस्थाले विशेष सम्मान गरेको छ ।

तितुक्क्ष र श्रेष्ठलाई एनएफपीजेले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घोषणा गरिएको विशेष नारी सम्मान आज वितरण गरेको हो । यसैगरी संस्थाको बिभिन्न गतिविधिमा फोटो उपलब्ध गराउने फोटो पत्रकारहरुलाई समेत संस्थाले आज कदर पत्र प्रदान गरेको छ । संस्थाले आज आफ्नो भित्तेपात्रोको विमोचनसमेत गरेको छ। (तस्बिर एनएफपीजे )

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv