खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे आज नेपाली काँगेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डौं,बैशाख २८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे केन्द्रित रहेर आजको बैठक बस्न लागेको हो ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु सहभागी हुँदैछन् ।

आजको बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल गरिन लागेको हो । बुधबार करिब ३ घन्टा बसेको वैठकमा बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv