ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएनए कप

काठमाडौं, जेठ २ गते । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश बिसीले ९ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०–२१ ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले फाइनलमा एन्जल्स हार्टलाई २४–१७ ले पाखा  लगायो । गोल्डेनपिकका अमन गुरुङले ७ अंक बटुले ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी तथा सिनियर गल्र्समा पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक), सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर ब्वाइजमा एन्जल्स हार्टकी रुपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv