पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

हेटौडा,जेठ ८ गते । सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ १५०० मिटर दौडमा स्वर्ण जितेका छन् ।
हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन् ।

विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते । हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् ।उनी १.३१ मिटर उचाई माथि उफ्रिन् ।

चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनी १.६९ मिटर उचाई उफ्रिए । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए । डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।
पुरुषतर्फ   भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv