पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं,२६ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दलहरुप्रति गम्भीर प्रश्न उठाएका छन् ।

उनले पृथ्वीनारायण शाहको दृव्योपदेश वर्तमान अस्वस्थामा सान्र्दभिक रहेको भन्दै देश यतिबेला सकसपूर्ण अवस्थामा रहेको बताएका छन् ।

ज्ञानेन्द्रले दिएको शुभकामना सन्देशः

नेपाली राष्ट्रिय एकताका प्रवर्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा म समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछु ।

एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निमार्णमा वलिदान गर्ने तमाम वीर वीरंगना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन ।

भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपुर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदैछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ । नेपाल ‘चार वर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दूःखले आज्र्याको मूलूक होइन सबैलाई चेतना भया’ भन्ने दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभुमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ ।

एउटा नागरिकको निम्ति देशभन्दा ठुलो अर्को कुनै बाद वा विचार हुन सक्दैन । नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ ।

नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हूने विश्वास हामीले गरेका छौं । जय नेपाल ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv