हिमालय सेमिफाइनलमा

काठमाडौं, असार १४ गते । आयोजक हिमालय स्कुल÷कलेज प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गल्र्स बास्केटबलतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयनले ब्राभो ‘बी’ ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ पनि सेमिफइनलमा पुगे ।

टिभ्स ‘ए’ ले मनास्लुलाई ७–५, विल्सनले टिभ्स ‘बी’ लाई ८–७ र ब्राभे ‘ए’ ले ओम ज्ञान मन्दिरलाई ९–४ ले पराजित गरे । सेमिफाइनलमा ब्राभो ‘ए’ को भेट विल्सनसंग हुने भने हिमालयले टिभ्स ‘ए’ विरुद्ध खेल्ने छ ।

ब्वाइज बास्केटबलमा भीएस, मनास्लु, सागर ‘बी’ र स्याम्बोले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भीएसले सेबलाई ५–२, मनास्लुले सागर ‘ए’ लाई ७–५, सागर ‘बी’ ले टिभ्सलाई ९–७ र स्याम्बोले जनप्रेमीलाई १२–६ ले पाखा लगाए । सेमिफाइनल भीएस र मनास्लु तथा सागर ‘बी’ र स्याम्बोबीच हुनेछ ।

ब्वाइज फुटसलमा एनआईसीले अल स्टारलाई ४–३ गोलले हराउदै फाइनलमा स्थान पक्का ग¥यो । फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।

प्रतियोगिताको हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र फाइनान्स डाइरेक्टर भुवनचक्र जोशीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिम सहभागी छन् । फुटसलमा ८ ब्वाइज टिमले भाग लिएका छन् । दुवै खेल नकआउट आधारमा भइरहेको छ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv