बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौं, ३० पुष । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । हिरानीलाई उनीसँगै काम गर्ने महिलाले दुर्व्यवहारको आरोप लगाएकी हुन् । पीडित महिलाले चलचित्र सञ्जुमा हिरानीसँगै काम गरेको दाबी गरेकी छिन् ।

ती महिलाले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म दुर्व्यवहारमा परेको बताएकी छिन् । जतिबेला चलचित्र ‘सञ्जु’को काम भैरहेको थियो ।

पीडित महिलाका अनुसार ९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक कार्यालयमा नै उनलाई दुर्व्यवहार गरेका थिए । त्यसपछिका ५ महिना उनका लागि राम्रो भएन ।

हफपोस्ट इंडियाको रिपोर्टअनुसार ती महिलाले सञ्जुका सह निर्माता विनोद चोपडालाई पनि मेल गरेर यो विषयमा जानकारी दिइएको बताइएको छ । हिरानीले भने आरोप अस्विकार गरेका छन् । उनका वकिल आनन्द देसाईले आरोपलाई झुटो, निन्दनीय, कसैसँग प्रेरित र अपमानजनक बताएका छन्



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv