बरिष्ठ कलाकार गणेश मुनालकाे निधन

काठमाडौं, ७ माघ । बरिष्ठ कलाकार गणेश मुनालको सोमबार राजधानीको वीर अस्पतालमा निधन भएको छ । दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका उनको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् ।

मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको सोमबारै अन्तिम संस्कार गरिने कलाकार शर्माले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

वरिष्ठ कलाकार मुनालले ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’, ‘मिस्टर डन’ सहितका चलचित्रमा अभिनय गरेका छन् । मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘गोपी’ माघ १८ गतेखेखि हलमा आउँदैछ । मुनालका एक छोरा छन् । उनले कयौँ टेलि सिरियलमा पनि आफ्नो अभिनयको जादू देखाएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv