बलामी माथी भएको दुर्ब्यवहार प्रति चलचित्र पत्रकार संघ नेपालको आपत्ति

काठमाण्डौं १० माघ । चलचित्र पत्रकार संघ नेपालका सचिव समिर बलामीमाथी भएको दुर्ब्यवहार भएको विषयलाई लिएर आपत्ति प्रकट गरेको छ । चलचित्र पत्रकार संघ नेपालले एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘क्यूज सिनेमा हल र ‘शुभ लभ’ फिल्मले गर्ने प्रेसमिटहरुमा पत्रकारहरुको सुरक्षा प्रत्याभुतीको ग्यारेन्टी गर्ने गरि दुवै पक्षबाट आधिकारिक धारणा नआउँदा सम्म यस संघ सँग आबद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागी हुन नसकिने चेतावनी दिइएको छ ।

बुधबार ‘शुभ लभ’ फिल्म युनिटद्धारा काठमाण्डौ कमलादीस्थित क्युज सिनेमा हलमा आयोजित प्रेस मिटमा समाचार संकलन गर्न पुगेका समिर बलामी र क्युजका कर्मचारी बिच भनाभन भएपछि हात हालाहालको स्थिति नै आएको थियो । हलका कर्मचारीले पत्रकारहरुलाई होच्याएर बोलेको समिरको भनाई छ । समिर भन्छन्, “मैले मेरो लागी होइन । सम्पुर्ण पत्रकारहरुको अस्तित्वको लागी बोलेको थिएँ ।”
बलामीलाई क्युजका कर्मचारीले हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोधका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भनेर संघले जारी गरेको विज्ञप्तिमा चलचित्र पत्रकारहरुले सहमति जनाएका छन् । हेनुहोस् प्रेस रिलिज को पूर्ण पाठ



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv