जय होस

काठ्माण्डौ , १६ माघ ।

फूल जस्तै
मुसुक्क हाँसेर
मीठो बोलेर
साथी बनेर
छिमेकी बनेर
आफन्त बनेर
स्वार्थ लुटेर
मेरो हातमा हात
मिलाउदै हिडेर
मेरै घरमा छिरेर
थालीमा मिठोमिठो खाएर
त्यहि थालीमा थुकेर
मैले मिठो खाना दिइन रे
मैलाइ आरोप लगाएर !
माया गरिन भनेर
मेरै बदनाम गर्दै
मैंलाइ अपराधी बनाएर
मेरा दुइटै हातमा
हतकडि लगाइदिएर
बोल्ने
हाँस्ने ओठहरूमा
ताला लगाइदिएर
आँखामा
गोली ठोकेर
कानमा
झिर रोपेर
अनुहारमा
एसिड छर्केर
मेरा खुट्टाहरू
बन्चरोले गिडेर
मलाइ गिराएर
रगतपच्छे बनाएर
मेरै रगतको आहालमा
होली खेलेर
मलाइ रगतको
आँशु बगाउन छोडिदिएर
मस्त हाँस्दै
नाच्दै
हिड्नेहरूको
संधैं जय होस् !
इतिहास साक्षी छ
कोत पर्व
भण्डारखाल पर्व
राजा विरेन्द्रको वंश विनास
मदनआस्रित हत्याकाण्ड
कयौं निर्मलाहरूको
बलात्कार
हत्याकान्ड
अन्य थुप्रै कान्डहरू
विश्वको आँखामा
रहस्यमयी भएर लुकेका छन् !
यो देश
जिउदै सती जलाउनेहरूको देश हो !
तिमी मलाइ रगत देउ
म तिमीलाइ स्वतन्त्रता दिन्छु भनेर
शहिद जन्माउनेहरूको देश हो !
नन्दुरामको अनसन अवश्थामै
मृत्युवरण गराउने
नन्दकुमारी
डा.गोविन्द केसीको न्यायिक मागलाइ
चित्तामा जलाउन खोज्नेहरूको देश हो !
सिमाना मिचेको
सुस्ता रोएको
मुक दर्शक भइ हेरिरहने देश हो !
मेरो अगाडि
गोहिका आँशु नझार्नु
मलाइ म भएर बाँच्न छोडिदिनु !
तर याद राख
अझै पनि
मलाइ माया गर्नेहरू
मलाइ स्नेह गर्नेहरू
एक ,दुइ भए पनि जिउदै छन्

मलाइ म भएर बाँच्नको लागि
साहसको दियो जगाइदिदैछन् !
आज सोच्दैछु
यति धेरै काण्ड गरि सकेपछि
मेरो सामु आउने आँट
कसरी गर्न सक्छौ र तिमीहरू ?
किनकी
तिमीहरूले कुरूप बनाएर छोडेको
मेरो अस्थित्वमा
मेरो देशको मानचित्र देख्ने छौ !!!

अन्जना पौडेल ‘अनुश्रुती’
@ Anushruti



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv