वरिष्ठ कलाकार वि.एस राणाको निधन

काठमाण्डौं १८ माघ । वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार बिहान टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि एक हप्ता देखी उनी अस्पतालमा भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बताएको थियो ।

शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो । सन् १९९९ साउनमा नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।

वि.सं. २०४१ सालमा फिल्म ‘अन्याय’ बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘अपराध’, ‘माया त माया हो’, ‘वसन्ती’, ‘देश’, ‘कसले चोर्‍यो मेरो मन’, ‘सेतो बाघ’ लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए । उनले ‘सिद्धार्थ’ र ‘वसन्ती’ चर्चित नाटकको निर्देशन समेत गरेका छन् ।

ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ जीवन व्यतित गर्दै आइरहेका थिए । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv