‘कुम जोडी नाचौ लाग्यो’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौं २० माघ । संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको ‘कुम जोडी नाचौ लाग्यो’ गीत भिडियो सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको ‘कुम जोडी नाचौं’ गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडल द्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोमा शिव ढकालको छायांकन रहेको छ ।

हाल अमेरिकामा रहँदै आएका गायक किशन रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन् । रेग्मीको यस अघिको’ कान्छी हे कान्छी गीत’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv