‘लम्फू’को तेश्रो गीत ‘सुको नहोस् यार’ रिलीज (भिडियो)

काठमाण्डौ ७ बैशाख । बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’को डान्सिङ्ग गीत रिलीज भएको छ । सार्वजनिक ‘सुको नहोस् यार’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ । शब्द प्रमोद ढुंगानाले लेखेका छन् ।

गीतको भिडियोका कोरियोग्राफर शिव बिक हुन् । गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचरिङ्ग छन् । गीतमा युवा अवस्थामा पैसा नहुँदा पनि जिन्दगी रमाईलोसँग बितेका पलहरु पाईन्छ ।

यसअघि नै यो गीतको कभर भिडियो प्रतियोगीता पनि घोषणा गरिएको थियो । गीतको कभर भिडियो बनाई हाईलाइट्स नेपालमा पठाउन सकिनेछ ।

यसअघि यो चलचित्रका दुई गीत र ट्रेलर रिलीज भईसकेका छन् । चलचित्रको ट्रेलर यतिबेला चर्चामा छ । टिपिकल नेपाली शैलीमा बनेको ट्रेलरलाई अर्गानिक शैलीको ट्रेलर बनेको भन्दै प्रशंशा गरिएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv