प्रेम लावतीको निर्माण र राज चाम्लीङ्गको निर्देशनमा चलचित्र ‘बैनाबट्टा” आउदै

काठमाण्डौं फागुन ३ । नेपाली कथानक चलचित्र बैनाबट्टाको शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड थिचि फिल्मको शुभ मुर्हत भएको घोषणा गर्नु भयो । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्नु हुनेछ ।फागुनको पहिलो साताबाट छायांकन हुने यो फिल्म सुदुरपूर्वी जिल्लामा बसोबास गर्ने आदिबासी जनजातीहरुको पहिचान झल्काउने विषयबस्तुमा आधारीत रहने निर्देशक राज चाम्लीङ्गले जानकारी दिनु भयो । विशेष गरी लाहुरेको कथाबस्तुमा चलचित्र बैनाबट्टा रहनेछ ।
प्रेम लावतीको निर्माण भएको यस फिल्ममा अघिकांश नयाँ कलाकारहरु नायक देवेन्द्र नेम्वाङ्ग नायिका कविता राई , बाबु मोक्तान , रश्मीला तामाङ्ग, अर्जुन श्रेष्ठ, पूर्ण पोर्यटेल, नरेश वानेम, रिया सुब्बा , रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईलगातले अभिनय गर्नु भएको छ ।४ वटा गीतमा रहेको यस फिल्ममा संगीतकारहरु बुद्धराज इङवा राज चाम्लीङ्ग,र संतोष राई हुनुहुन्छ । दिपक लिम्बु, मेलिना राई , संतोष राई, दिपा लामा राज लिम्बु , करुवा राई र दिप्सन लिम्बुले चलचित्रमा गाउनु हुनेछ । करीब ४० लाख रुपैयामा बन्न लागेको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने निर्माण पक्षले जानकारी दिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv