प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं, फागुन ३ ।  संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो तीन बजेपछि बस्नेगरी बोलाइएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयले तयार पारेको संभावित कार्यसूची अनुसार बैठकको सुरुमा आज राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठले “कर्मचारी समायोजन विधेयक सम्बन्धी सिमितिको प्रतिवेदन पेश गर्नुहुने छ ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवा प्रस्तुत गर्नुहुने छ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक छलफलका लागि पेस गर्नुहुनेछ ।

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने सचिवालयले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv