लिबाङमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता’ हुने

काठमाण्डौं,फागुन ५ । राष्ट्रिय लोक तथा दोहरीगित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रोल्पाले आईतवार पत्रकार भेटघाट कार्यक्रम गरेको छ । ‘‘कला संस्कृति रोल्पाको पहिचान यसको संरक्षण प्रबद्र्धन हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती रोल्पाका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको नया हल स्थित्त पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरीएको हो । यहि फाल्गुण १० गते देखि फाल्गुण १३ गत्ते सम्म रोल्पाको सदरमुकाम लिबाङमा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता हुने पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो । प्रतियोगीतामा प्रथम हुने समुह लाई १, लाख दितृय समुह लाई ५० हजार तितृय समुह लाई ३०, हजार र सानत्वना हुने समुह लाई २० हजार पुरस्कार साथै पुरस्कृत समपूर्ण समुहहरु लाई नगद सहित मेडल र प्रमाण पत्र रहेको र उक्त प्रतियोगीताको दर्ता शुल्क रु तीन हजार रहेको समेत अध्क्षय रोकाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरु मध्ये उतकृष्ट एक गायक र एक गायिका लाई छनोट गरि रु पाँच पाँच हजार नगद ,मेडल र प्रमाण पत्र प्रदान गरिने समेत बताए ।

प्रतियोगितामा समावेश हुने जिल्ला भन्दा बाहिरका सम्पूर्ण सहभागीहरुको खाना र बस्नको व्यवस्था आयोजकले गर्ने भएको छ । प्रतियोगिहरुले यहि फागुण १० गते विहान १० वजे सम्म नाम दर्ता गरीसक्नु पर्ने बताइएको छ ।

भाग लिन चहानुहुने इच्छुक जोकोहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रोल्पाको फोन न. ०८६-४४०३८२ र अध्क्षय ९८४७९९७९९१ मा पनी सम्पर्क गर्न सकिने अध्यक्ष रोकाले जानकारी दिए । उक्त कार्यक्रमको संचालन जिल्ला शाखा रोल्पाका सहसचिव भिमवलीले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य र विषय वस्तुको वारेमा सदस्य टेकेन्द्र सेनले प्रकाश पार्नु भएको र पत्रकार का जिज्ञासा मेटाउदै कार्यक्रमको समापन अध्क्षय रोकाले गरेका हुन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv