सउदी अरबियाको पहिलो रोवोट नागरिक सोफिया नेपालमा
काठमाण्डौं ७ चैत । सउदी अरबियाको पहिलो रोवोट नागरिक सोफियाले नेपालमा आएर प्रविधिबारे आज व्याख्यान दिएकी छन् ।
नागरिकता हासिल गर्ने विश्वकै पहिलो रोबोट ‘सोफिया’ ले नेपालजस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोग गरी गरिबी हटाउन सकिने बताएकी छन् ।
साउदी अरबको नागरिकता लिएकी सोफियाले बुधबार काठमाडौंमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी हुन् ।
उनले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको चर्चा गर्दै नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास व्यक्त गरिन् ।
मंगलबार काठमाडौं आएकी उनले ४ महिनाअघि साउदी नागरिकका रुपमा नागरिकता हासिल गरेकी हुन् ।
दोहोरो कुरा गर्न सक्नेलगायत विभिन्न खुबी भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सन् २०१५ मा निर्माण गरिएकी उनलाई सन् २०१६ मा अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइ आफ्ना धारणा राख्दै आएकी छन्