देउवा र पौडेल बीचको बिवादले कांग्रेसमा भाँडभैलो

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि विवाद उत्कर्षमा पुगेको छ । दुई नेताहरुबीचको विवाद ह्वात्तै बढेको छ । जसको कारण आज बोलाइएको केन्द्रीय कार्य समितिको बैठक पनि स्थगित भएको छ । स्रोतका अनुसार केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भएपनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगित गरिएको हो।
हालै सम्पन्न भएको महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन भएको भनिएपनि विधानमा देउवा र पौडेलबीच विवाद रहेको छ ।

महासमिति बैठकको भावनाअनुसार सभापति देउवा नचलेको आरोप नेता पौडेलले लगाउँदै आएका छन् । देउवाले महासमिति बैठकको समापन समारोहमा महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एकपटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने बिषयमा प्रतिबद्धता जनाएका थिए।

तर लगत्तै सुरु भएको केन्द्रीय समितिको बैठकमा महासमितिमा जनाएको प्रतिवद्वता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाएपछि केन्द्रीय कार्यसमिति बैठक विवादित बन्दै गएको छ। पौडेल कुनै पनि हालतमा महासमिति बैठकको निर्णय र भावनाअनुसार अघि बढ्नुपर्नेमा अडिग छन् । केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते विहान ११.०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv