घटनाको छानबिन हुने र संलग्नलाई कारवाही हुने गृहमन्त्री थापाको दावि

काठमाडौं, फागुन ११ । गृहमन्त्री रामबहादुर थापा बादल मेडिसिटी अस्पताल पुगेका छन् । नख्खुमा शुक्रबार बेलुका बम बिस्फोट हुँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री बादल अस्पताल पुगेका हुन् ।

नख्खुको एनसेल कार्यालय अगाडि शुक्रबार बेलुका बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । यस्तै २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते भएका छन् ।

घाइते दुवैको उपचार मेडिसिटी अस्पतालमा हुँदैछ । यस्तै उपचारकै क्रममा सिंहप्रसादको मृत्यु भयो । गृहमन्त्री थापा अवस्था बुझ्नका लागि अस्पताल पुगेका हुन् ।

गृहमन्त्री थापाले घाइतेको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । यस्तै घटनाको छानबिन हुने र संलग्नलाई कारवाही हुने बताए ।
यस्तै नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सांसद पम्फा भुसाल, नेता देव गुरुङ पनि अस्पताल पुगेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv