‘सरकारको कार्यशैली प्रति छैन’ : माधवकुमार नेपाल (वरिष्ठ नेता )


काठमाण्डौं, फागुन १२। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन्।

शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे। उनले सरकारी कार्यालयका कर्मचारीहरु पूरा समय कार्यालयमा नहुने, पैसा बिना सेवाग्राहीको काम नगर्ने प्रवृत्ति व्यापक बन्दै गएको टिप्पणी गरे।

दण्डहीनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उनले रोश प्रकट गरे। अमूक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय,अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए।

नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे। जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरुलाई राष्ट्रिय समस्याको रुपमा लिँदै समयमै सम्बोधन नहुने हो भने त्यसले विसंगति निम्त्याउने भन्दै उनले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराए।

कार्यक्रममा व्यवसायीहरुले पटक पटकको ध्यानाकर्षण गराउदा पनि सरकारले आफूहरुका समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv