‘नेपाली कला र कलाकारहरु प्रति मेरो साथ र समर्थन छ’ :प्रधानमन्त्री ओली

काठमाण्डौं,फागुन १३ । “समाज रूपान्तरणका लागी नाटक” को मुख्य नारा सहित यहि फाल्गुन १३-२० सम्म चल्ने नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव २०१९ को प्रधानमन्त्री के पी शर्मा ओली उद्घाटन गर्नु भएको छ ।

सोमबार काठमाण्डौंको अनामनगरमा उक्त महोत्सवको उद्घाटन गर्दै नेपाली कला र कलाकारहरु प्रति मेरो साथ र समर्थन रहने बताउनु भयो । नेपाली कलाकारलाई सम्मान गर्दै आगामी बजेटमा समेत नाट्य क्षेत्रको बिकास र उत्थानका लागी बजेट समाबिस्ट गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा संस्कृतिबिद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार सकुन्तला शर्मा गुरुङ,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ कलाकार बसुन्धारा अधिकारी,लगायतका कलाकारहरु लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

यस महोत्सबमा ९ वटा देशका २८ वटा नाटकहरू प्रदर्शन हुनेछ। काठमाडौं उपत्यकामा रहेका ४ वटा नाटकघरहरूमा यी नाटकहरू प्रदर्शन हुनेछन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv