अवैध रूपमा ल्याएको सामान सहित पक्राउ

काठमाडौं, ८ बैशाख । काठमाडौं  त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गौचरणमा दुबईबाट शाही दुबईको एफजेड-५७५ नम्बरको उडानबाट नेपाल आएका भारतीय नागरिक ३० वर्षीय महेश रामचन्द्र देवकालाई कपडाको पेटीमा लुकाई छिपाई ल्याएको पहेलो सुनजस्तो देखिने धातु करिव २ हजार ७ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
धनुषा  जनकपुर उपमहानगरपालिका-२४ स्थित सडकमा ज.८ प ९९६० नम्बरको मोटरसाइकलमा सवार सर्लाही संग्रामपुर नगरपालिका-६ बस्ने ३० वर्षीय सन्देश मण्डल र धनुषा सहिदनगर नगरपालिका-६ बस्ने २१ वर्षीय रंजित मुखियालाई अवैध रुपमा साथमा लिई हिँडिरहेको ९ केजी ८ सय ग्राम चाँदी र उक्त मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्वन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv