काठमाण्डौ उपत्यकाबाट देखिने पहाड हिउँले ढपक्कै ( भिडियो सहीत )

काठमाण्डौं,फागुन १६ । काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ । काठ्माण्डौमा बुधवार राती देखी अबिरल बर्षा भएको हो । बर्षा पछी आज बिहान काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।

मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले भोली घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ।

काठमाडौंमा बिहिबारको तापक्रम अधिक्तम १० देखी १२ डिग्रीका बिचमा रहने अनुमान गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv