लुकाई छिपाई ल्याएको भारतीय रुपैया सहित पक्राउ

नबलपरासी,बर्दघाट सुस्ता पूर्व, १० बैशाख । भारत पश्चिम चम्पारण बिहार बगाहा बस्ने ३८ वर्षीय कृष्ण मुरारी र मुजथ्थरपुर बस्ने २३ वर्षीय सागर गुप्तालाई लुकाई छिपाई ल्याएको भारतीय रुपैयाँ ५ सय दरका ४ सय थान र २ हजार दरका २ सय थान गरी ६ लाख भारतीय रुपैयाँ सहित प्रहरीलेपक्राउ गरेको छ ।

बिनयी त्रिबेणी गाउँपालिका–७ व्यारेज पुलमा भारतबाट नेपालतर्फ आईरहेका उनीहरु सवार बिआर ०५क्यू ६२९६ नम्बरको भारतीय नम्बरको मोटरसाइकललाई आइतबार चेक गर्दा उनीहरुले लगाएको कपडामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त नोट बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv