स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्धारा अन्तिम श्रद्धान्जली

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको शवलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन्। प्रधानमन्त्री ओलीले अन्य मृतकहरूको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।
गत बुधबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो। मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धाञ्जलीका लागी टुँडिखेलमा राखिएको छ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको झण्डा ओडाएका थिए।

मृतकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कर्मचारी, सुरक्षा निकाय, मृतकका आफन्त र सर्वसाधरणले श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जलीका लागि शवहरूलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुँडिखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरूलाई बुझाइने कार्यक्रम छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv