‘लभ स्टेशन’को फस्ट लुक पोष्टर सार्वजनिक

काठमान्डौं,फागुन १९ । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको अभिअन्य रहेको दोश्रो चलचित्र ‘लभ स्टेशन’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा प्रदिप र जसितालाई निकै रोमान्टिक प्रस्तुत गरिएको छ भने पोस्टरलाइ आनन्द महर्जनले डिजाईन गरेका छन । चलचित्रको पहिलो गीत पनि केहि सप्ताह अघि मात्र रिलिज भएको थियो भने गीतले बजारमा राम्रै प्रतिक्रिया बटुलेको छ ।

उज्ज्वल घिमिरेको निर्देशन ,आलोक शुक्लाको छायाँकन , शम्भुजित बाँसकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको यस चलचित्रमा जसिता र प्रदिप संगै सँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभिनय रहेको छ ।

काफिया फिल्म्स्को व्यानरमा निर्माण यस चलचित्रलाइ काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् भने चलचित्र यहि आउदो चैत्र २२ मा रिलिज हुने पक्का भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv