टीकापुर काण्डमा सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद (भिडियो सहित)

कैलाली, २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीलाई दोशी ठहर गर्दै अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीसंगै अभियुक्त ठहर भएका लक्ष्मण थारुलाई भने तीन वर्षको कैद सुनाएको छ ।

उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । मधेसी÷थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । सो घटना पछि चौधरी फरार भएका थिए । फरार अवस्थामा नै प्रतिनिधि सभा निर्वाचनमा लडेर उनले चुनाव पनि जितेका थिए ।

उनले यस अघि सांसद पदको सपथ पनि लिइसकेका छन् । चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv