सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब

काठमाडौं, फागुन २३ । नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ ।

भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन ।

यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणीकरण नियन्त्रकको कार्यालयकै वेबसाइटको निसाना छापमा कालापानी गायब छ । देशको निसाना मानिने निसाना छापमा राखिएको नक्सा नै त्रुटिपूर्ण छ । नेपालको भूमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वउपनिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]l.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv